२७ मंसिर २०७५, बिहीबार

काठमाडौं, २७ मंसिर । पश्चिमी वायुको प्रभावका कारण उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जुम्ला, हुम्ला, मुगु, कालिकोट, मुस्ताङ, बझाङ, दार्चुला, रोल्पालगायत जिल्लामा हिजो रातिबाट हिमपात भएको हो । हिमपातका कारण ति जिल्लाको जनजीवन प्रभावित भएको छ ।

कृषक, बृद्ध–बृद्धा र बालबालिका बढी प्रभावित भएका छन् । हिमपातका कारण हिमाली जिल्लाका वायुसेवा बन्द छ । पहाडी भू–भागमा क्षणिक वर्षा हुने र अन्य स्थानमा सामान्य बदली हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली जिल्ला जुम्लाको तापक्रम माइनस ० दशमलव ८ डिग्री सेन्टिग्रेड पुगेको छ ।

डडेलधुराको न्यूनतम तापक्रम ३ दशमलव ८, ताप्लेजुङको ४ दशमलव ३ र काठमाडौंको ४ दशमलव ६ पुगेको छ । पश्चिमी वायुको प्रभाव फैलिसकेकाले हिउँद याम सुरु भएको भन्दै विभागले तराईमा शीतलहर र कुहिरोको मात्रा बढ्ने जनाएको छ ।

LIVE TV