
अङ्कारा । टर्कीको राजधानी अङ्कारामा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै ४३ घाइते भएका छन् ।
गुडिरहेको रेलले मर्मतकार्य गर्ने अर्को रेलको इन्जिनलाई ठक्कर दिएपछि उक्त दुर्घटना भएको रेल अधिकारीले बताएका छन् । एकै रेल लाइनमा दुई इन्जिन जुधेर भएको सो दुर्घटनाबाट चार सर्वसाधारणको मृत्यु हुनुका साथै ४३ घाइते भएको अङ्कारा राज्य गभर्नर भसिप साहिलले जानकारी दिनुभयो ।
सरकारले उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरेको छ ।