केरुङद्वारा निर्देशित चलचित्र ‘केः’ मङ्सिर २९ गते काठमाण्डौंमा बिशेष प्रदर्शनी हुँदै



प्रकाशित मिति : Dec 13, 2018

काठमाडौं । सागर केरुङद्वारा निर्देशित लिम्बू कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) मङ्सिर २९ गते काठमाण्डौंमा बिशेष प्रदर्शनी हुने भएकको छ । नयाँ वसपार्कस्थित बिजी मलमा शनिवार बिहान आठ बजे चलचित्रको बिशेष प्रदर्शन हुने लेखक तथा निर्देशक केरुङले बताएका छन् ।

याे चलचित्र  काठमाण्डौपछि डिसेम्बर २७ मा सिक्किमको गेन्तोकस्थित लिम्बू भवनमा, जनवरी १ मा सिक्किमकै गेजिङ कमिटि हल गेजिङमा र १५ जनवरी कक्फेक्वा तङनामको अवसरमा नाम्धा सिक्किमस्थित लिङचोममा पनि बिशेष प्रद्रर्शनी हुने मिति तय भइसकेको निर्देशक केरुङले बताए ।

माता पाथीभरा फिल्मस् प्रा.लि.का लागि टाइसन केरुङले निर्माण गरेको ‘केः’ मा लिम्बू जातिको ऐतिहासिक–साँस्कृतिक बाजा ‘केः’ अर्थात् च्याबु्रङको बिषय उठाइएको छ । च्याब्रुङ बनाउन अनिबार्य चाहिने गाई वा गोरुको छाला र गाई–गोरु मार्न नपाइने कानूनी प्रावधानको वरिपरि चलचित्रको कथा घुमेको निर्देशक केरुङले बताएका छन् ।

चलचित्रमा डीआर हाङसरुम्बाको मूख्य सह–निर्देशन र सन्देश सुब्बाले सह–निर्देशन गरेका छन् । पाँचथरका विभिन्न स्थानमा छायाङ्कन ग रिएको चलचत्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझाकाे मुख्य अभिनय रहेकाे  छ । साे चलचित्र  निर्माण निर्माण गर्न करिव २० लाख खर्च भएकाे प्रस्तुतकर्ता बुद्धराज लिम्बूले बताए ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com