२७ मंसिर २०७५, बिहीबार
  • ज्याेति कुमार पन्थि

बर्दिया । नियमानुसार भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपाल भित्रँदा भन्सारमा साधन नै लगेर भन्सार चेकजाँच गराउनुपर्ने हुन्छ तर यहाँकाे गुलरिया नगरपालिकामा रहेकाे छाेटी भन्सार कार्यालयले भने त्यस नियमकाे खिल्ली उडाइरहेकाे छ ।

भन्सारमा सवारी साधन नै नलगी भनसुनका भरमा सवारी साधनकाे भन्सार पास काटिने गरेकाे रहस्य खुलेकाे छ । अाज बिहान अभिषेक कुमार श्रीवास्तवकाे नाममा रहेकाे यु पि ४० ए सि ९४४४ नम्बर प्लेटकाे गाडी भन्सार कार्यालयमा नलगीकनै भन्सारपास काटिएकाे छ ।

अाज बिना सवारी साधनबिना नै भन्सार काटिएकाे जनकारी प्रत्यक्षदर्शीले गराएपछि समाचार संकलन गर्न त्यस स्थानमा पुग्दा जाँच पास तथा राजस्व शाखाका कर्मचारीले सत्यतथ्य बताउन अानाकानी गरे । सवारि साधनबिना नै भन्सार काटिएकाे भन्ने प्रश्नमा छाेटी भन्सार कार्यालयका कार्यालय प्रमुख अाेपेन्द्र बहादुर हमालले घुमाउराे पारामा भिडभाडका कारण त्यस्ताे गरिएकाे बताए ।

बर्दिया जिल्लाकाे गुलरिया नगर क्षेत्रमा मात्र भारतीय नम्बरका दैनिक ५ दर्जन सवारी साधनहरू गुड्ने गरेका छन् । कति त सुविधाकाे पासमा अाएर पनि दैनिक भाडामा प्रयाेग भइरहेका छन् । भन्सारका कर्मचारीहरूसंग भारतीय नम्बरका गाडी धनीहरूले हेलमेल बढाउने र सवारी साधन नै भन्सार नलगी भन्सार सुविधा लिने गरेकाे देखिन्छ ।

LIVE TV