२७ मंसिर २०७५, बिहीबार

सडक विशेषतः कालो रंगको हुने गर्दछ तर जर्मनीको एक सडक पुरै खैरोमा परिणत भयो किनकी त्यहाँको एक सडकभरी चकलेटको लेदो बगेर पुरै बाटो जाम भयो ।

जर्मनीको वेस्टनेन शहरमा भएको एक फ्याक्ट्रीको चकलेटले भरिएको ट्याङ्की लिक हुँदा करिव एक टन चकलेट सडक भरी बगेको हो । निकै जाडो भएको कारण चकलेट पोखिएको केहि क्षणमै सडकमा जमेर सडक नै बन्द गर्नुपर्यो ।

सडक जाम हटाउन र जमेको चकलेट हटाउन अग्निनियन्त्रकहरुको सहयोगमा तातो पानिको फोहराले सडकमा जम्मा भएको चकलेत हटाइएको थियो ।क्रिसमस नजिकिंदै गर्दा विशेषगरी अमेरिका युरोप लगायतका मुलुकहरुमा चकलेट र यसका परिकारको माग तथा खपत बढ्ने हुँदा यसको उत्पादनलाई बढाइने गरिन्छ ।

एजेन्सी ।

LIVE TV