२६ मंसिर २०७५, बुधबार

काठमाडौं । शेयर बजारमा परिसूचक नेप्से सामान्य रहेको छ । कारोबार रकम भने घटेको छ । बजारमा उच्च गिरावट आएपछि सरकारले सकारात्मक कदम चाल्ने अपेक्षा लगानीकर्ताले गरेकाले पर्ख र हेरको रणनीति अपनाएको देखिन्छ ।

शेयर बजारमा परिसूचक नेप्से स्थीर रहेको छ । तर कारोबार रकम भने घटेको छ । १ सय ५६ कम्पनीको २६ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बैंकहरुमा ब्याजदर १४ प्रतिशत नजिक पुगेपछि बजारमा उच्च गिरावट आएको थियो । तर गत साता सरकारले शेयर बजार र बैंकको ब्याजदरमा देखिएका समस्या समाधान गर्न समिति बनाएपछि भने बजारमा सुधार हुने अपेक्षामा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।

नेपाल बैंक, नेपाल इन्भेष्टभेन्ट बैंक, एनएमबी बैंक लगायतका कम्पनीको शेयर बारोबार उच्च छ । बैंकमा ब्याजदर उच्च हुनु र लगानीकर्तासंग लगानी गर्ने पैसा नहुँदा शेयर बजारमा नेप्से दवावमा थियो । तर गत साता देखि अर्थमन्त्रीले समिति गठन गरेपछि बजार सुधारकालागि सबै तहमा छलफल तिब्र बनेको छ । जसले गर्दा यो साता बजार सम्हालिएको हो ।

LIVE TV