२६ मंसिर २०७५, बुधबार
  • ज्योति कुमार पन्थि,

बर्दिया । बर्दिया जिल्लामा पछिल्लो समय सरकारी साधनहरूको व्यापक दुरूपयोग भइरहेको छ । पछिल्लो समय सरकारी कार्यालयका कार्यालय प्रमुखहरूले कामको बहाना बनाउँदै आफ्नो ब्यक्तिगत काममा सरकारी सवारी साधनहरूको प्रयोग गर्ने गरेका छन् । बुधबार साँझ कार्यालय समय भन्दा ठीक १ घण्टा ३० मिनेटपछि अर्थात ५ बजेर ३० मिनेट जादा गृह मन्त्रालय अन्तरगतको शिक्षा बिकास तथा समन्वय इकाई कार्यालयको बा १ झ ९९१८ नम्बरको टाटा सुमो गाडी गुलरिया नगरपालिकाको वार्ड नं १ मा रहेको पोखरेल लेगपिसमा भेटिएको छ ।

सरकारी सवारी साधन कार्यालय समय भन्दा बाहिर होटलमा भेटिनु त्यसको दुरूपयोग भयको बुझिएको छ। गाडीमा सवार शिक्षा बिकास तथा समन्वय इकाई कार्यालका प्रमुख दण्डपाणि शर्मा लगायतका ब्यक्तिहरू होटल भित्र बसिरहेका थिए । कार्यालयको नाममा रहेको बा १ झ ९९१८ नं को कार्यालयको टाटा सुमो गाडी भने पोखरेल लेगपिसको पश्चिम तर्फ रहेको उत्तर दक्षिण मोहडा भएको सडकमा उत्तरतर्फ फर्काएर राखिएको थियो ।

हामीले सरकारी सवारी साधन देखेपछि त्यहा रहेका कामदारहरूसँग बुझ्दा आफुहरूलाई केही थाहा नभएको बताए । नियमानुसार कार्यालय समय भन्दा बाहिरी बिदाको दिनमा सवारी साधन प्रयोग गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र लिनु पर्ने कानुनि ब्यवस्था भएपनि बुधवार कसैले पनि जिल्ला प्रशासनबाट स्वीकृति नलिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूङवाङले बताए ।

प्रमुख जिल्ला अधिकारी कुरूङवाङले त्यसरी कुनै कार्यालय प्रमुखले आफूखुसी सरकारी सवारी साधन प्रयोग गरे बिभागिय अनुशासनको कारबाही हुने बताए ।

LIVE TV