२६ मंसिर २०७५, बुधबार

काठमाडौँ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

बिहान ९ बजेका लागि बैठक बोलाइए पनि देउवा अनुपस्थित भएकाले बैठक स्थगित भएको हो । बैठक बिहीबार बिहान ९ बजेका लागि पुनः बोलाइएको छ । अन्य पदाधिकारी उपस्थित भए पनि देउवा उपस्थित भएनन् । मंगलबार साँझको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । मंगलबार साँझ बैठक स्थगित भएपछि पुस ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको थियो। तर, बुधबार बिहानैका लागि बैठक बस्नेगरि सदस्यहरुलाई मंगलबार राति ९ बजे सूचना दिइएको थियो ।

कांग्रेस महासमिति बैठक लगायत रहेकाले नेताहरुको व्यवस्थता भन्दै बैठक स्थगित गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिनुभएको थियो ।

LIVE TV