२६ मंसिर २०७५, बुधबार

काठमाडौँ । राम–जानकी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदै हुनुहुन्छ ।

आज विहान १०ः४५ बजे उहाँ जनकपुर आउने कार्यक्रम रहेको छ । मुख्यमन्त्री आदित्यनाथलाई स्वागत गर्न संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी जनकपुर पुग्नुभएको छ । आदित्यनाथको भ्रमणलाई मध्यनजर गर्दै जनकपुरधाममा विशेष सुरक्षा सतर्कता बढाइएको छ । सवारी आवागमनमा कडाइका साथै व्यवस्थित बनाउन ट्राफिक प्रहरीले रुट निर्धारण गरेको छ । धनुषामा ट्राफिक प्रहरीले भीभीआईपी रुट निर्धारण गरेको छ ।

धनुषा ट्राफिक प्रहरीका अनुसार जनकपुरधाम नगरभित्र मात्रै १४२ ट्राफिक प्रहरी खटाइएको छ । आदित्यनाथ भारत उत्तर प्रदेशको राजधानी लखनउबाट विमान चढी जनकपुरधामको श्यामचोकस्थित विमानस्थल आइपुग्नुहुनेछ । जानकी मन्दिरमा पूजापाठमा झण्डै ३० मिनेट देखि ४५ मिनेटको समय छुट्टाइएको छ ।

LIVE TV