२६ मंसिर २०७५, बुधबार

काठमाडौं । सडकमा रहेका धुलो हटाउन महानगरपालिकाले ब्रुमर तथा अन्य साधन प्रयोग गर्न थालेपछि तुलनात्मक रुपमा शहरका केही भाग सफा देखिन थालेका छन् ।

सर्वसाधारणले समेत महानगरको प्रयास सकारात्मक भएको बताएका छन् । तुलनात्मक रुपमा पहिले भन्दा अहिले सडक सफा हुन थालेको सर्वसाधारणको भनाई छ ।

महानगरपालिकाले प्रदुषण हटाउन र शहरलाई हरियाली बनाउन प्रयास जारी राखेको जनाएको छ । काठमाडौं महानगरपालिकाले केही महिनामा नै वातावरणलाई सफा राख्ने अभियानको परिणाम आउने दाबी गरेको छ ।

महानगरपालिकासँग अहिले दुई वटा ब्रुमर रहेको छ भने सडक विभागसँग भएका ब्रुमर पनि प्रयोगमा ल्याइएको छ । अन्य आवश्यक साधनको खरिद प्रक्रिया पनि अघि बढाएको महानगरपालिकाले जानकारी दिएको छ ।

LIVE TV