सुधारगृहका पूर्व कर्मचारी सुदिप ढुंगानाका अन्य हर्कत पनि हेर्नुहोस् ! (फलोअप)



प्रकाशित मिति : Dec 11, 2018

काठमाडौं । सुकेधारास्थित ट्रान्सफरमेशन नेपाल प्रा.लि. नामक सुधारगृहमा बस्नेहरुसँग सञ्चालकले अमानविय कार्य गर्दै आएको हामीले देखायौं । जिल्ला प्रशासन कार्यालयका कमचारीहरुले उक्त सुधारगृह निमय अनुसार चलेको भनेर अनुगमन रिपोर्ट पेस गरेपछि प्रहरीसहित अनुगमन गराएपछि २१ जनाका उद्धार भएको थियो ।

२१ जनाको उद्धारपछि थप एक किशोर माथि सुधार गृहका पूर्व कर्मचारी सुदिप ढुङ्गानाले दुव्र्यवहार गरेको खुलेको छ । काठमाडौंका एक १४ बर्षीय किशोरलाई उनले यौन शोषण गरेको पीडित युवाले बताएका छन् ।

उनको स्वास्थ्य परीक्षणपछि यौन शोषणकै कारण उनको शल्यक्रिया गर्नु पर्ने भएको बताइएको छ । साथै पीडक भनिएका सुदीप ढुङ्गानाले समेत स्वीकार गरेको अभिवावक बताउँछन् । अहिले सुदीप ढुङ्गानालाई काठमाडौं प्रहरी परिसरले जिल्ला अलालतबाट एक साताको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

साथै उक्त सुधार गृहका सञ्चालक सन्तोष घिमिरे र इन्चार्ज समिप मल्ललाई पनि एक साताको म्याद थप गरेको छ । अहिले पनि सन्तोष घिमिरेले परिवारलाई थुनामुक्त भएपछि देखाइदिने भन्दै धम्की दिएका छन् ।

सुधारगृहले सुधारका नाममा युवाहरु माथि गरेको शोषण बिषयमा विस्तृत अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com