२५ मंसिर २०७५, मंगलवार

शेयर बजारमा परिसूचक नेप्से सामान्य अंकले घटेको छ । बैंकहरुले ब्याजदरमा बृद्धि गर्दै लादा लगानीकर्ताको पैसा निक्षेप तर्फ आकर्षित भएको छ । जसले गर्दा शेयरको विक्रीचाप बढन गई नेप्से घटेको हो ।

मंगलबार शेयर बजारमा परिसूचक नेप्से ३ अंकले घटेर १ हजार १ सय ४१ अंक नजिक बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । बैंकहरुले निक्षेपमा ब्याजदर बढाएपछि शेयर बजारमा विक्रीचाप बढन गएको छ भने लगानीकर्ताको पैसा निक्षेपमा आकर्षित भएको छ ।

जसले गर्दा नेप्से घटदो ट्रेण्डमा छ । कारोबार रकम सोमबारको तुलनामा मंगलबार घटेको छ । १ सय ६४ कम्पनीको ३८ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। लगानीकर्ताले अन्य कम्पनी भन्दा बैंकहरुको शेयर कारोबार बढाएका छन् ।

 

LIVE TV