२५ मंसिर २०७५, मंगलवार

काठमाडौं । भारतका विभिन्न पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो झट्का ब्यहोरेको छ ।
आगामी लोकसभा निर्वाचनको प्राराम्भिक नतिजाका रुपमा हेरिएको यो निर्वाचनमा भारतीय जनता पार्टीको प्रारम्भिक नतिजा निराशाजनक छ । मतगणनाको सुरुवाती नतिजाअनुसार मध्यप्रदेशको कुल २३० सिटमध्ये भाजपाले १५ र कांग्रेसले १२ सिट जितेको छ । १ सय स्थानमा कांग्रेसका र ९४ स्थानमा भाजपाका उम्मेद्वार अगाडि छन् ।

माओवादी प्रभावित राज्य छत्तीसगढको सुरुवाती नतिजामा कांग्रेसले बहुमतभन्दा धेरै सिट ल्याउने देखिएको छ । यहाँ बहुमतका लागि ४६ सिट चाहिन्छ । कांग्रेस ४ सिट जित्दा ६२ स्थानमा अग्रता बनाएको छ । १६ स्थानमा भाजपाका उम्मेद्वार अगाडि छन् । सन् २०१३ को निर्वाचनमा १६३ सिटसहित प्रचण्ड बहुमत पाएको भाजपालाई राजस्थानमा कांग्रेसको नराम्रो झड्का दिने देखिएको छ । राजस्थानमा कांग्रेसले ६६ र भाजपाले ४४ स्थानमा जीत सुनिश्चित गरेको छ । कांग्रेस ३५ र भाजपा ३० स्थानमा अगाडि छ ।

तेलङ्गनामा स्थानीय टीआरएस दलले ६४ स्थान जित्दा कांग्रेस १५ र भाजपा १ स्थानमा सीमित छन् । कांग्रेसले ४ सिट जिल्दा भाजपाले खाता खोल्न सकेको छैन । मिजरोममा कांग्रेस बढारिँदा स्थानीय दलले बहुमत जुटाउने पक्का देखिएको छ । अहिलेसम्मको नतिजामा मिजरोम नेशनल फ्रन्टले २६ सिट जितेको छ भने कांग्रेसले ५ र भाजपाले १ क्षेत्रमा पकड जनाएको छ ।

LIVE TV