२५ मंसिर २०७५, मंगलवार

कैलाली । निर्मला पन्तको हत्यारा पहिचान र कारबाहीको माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेसका भ्रातृ संगठनको अगुवाईमा गरिएको प्रदर्शनका क्रममा प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहनको प्रयास गरेपछि प्रहरीले बल प्रयोग गर्न खोज्दा मुठभेडको अवस्था सिर्जना भएको थियो ।

शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रदर्शनकारीले करिव एक घण्टा प्रदेशको मुख्यकार्यालय अगाडिको सडक अवरुद्ध गरेका थिए । घटनाको चार महिना बित्दा पनि अभियुक्त पहिचान गर्न नसकिएको र पटक–पटक निर्दोष व्यक्तिलाई फसाउने प्रपञ्च गरिएको भन्दै प्रदर्शनकारीले गृहमन्त्री रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा समेत मागेका थिए ।

LIVE TV