२५ मंसिर २०७५, मंगलवार

काठमाडौं । आफन्त र प्रियजनको मृत्युमा मानिस शोकाकुल हुन्छन् । प्रियजन टाढिएको दुःखले मर्माहत बनाउँदा रुन्छन् । तर, अफ्रिकाको घानामा शोकमा डाँको छाडेर रुन पेशेवर टोली नै बोलाइन्छ ।

घानामा दुःख प्रकट गर्न वा आफन्तको मृत्यु र दाहसंस्कारका बेला रुन भाडामा मानिस बोलाइन्छ । र, यसरी भाडामा बोलाइएका मानिस आफ्नै प्रियजन नै बिते जसरी रुन्छन् पनि । पज ः रोइरहेको

यस्तो ‘कृतिम’ रुवाईका लागि यिनीहरुलाई राम्रै रकम भुक्तानी गर्नुपर्छ । घानामा केही यस्ता समुदाय छन्, जसको पेशा नै कसैको मृत्युमा रोइदिनु हो । यिनीहरु खुसीसाथ यो पेशा अपनाइरहेका छन् । कहिलेकाहीँ भाडामा रुन जाँदा यिनीहरु आफ्नै प्रियजनको मृत्युमा भने रुन पाउँदैनन् । यो पेशमा एकल महिलाको सहभागिता बढी छ । अपरिचितको मृत्युमा बनाबटी रुन पक्कै सजिलो छैन । तर, जीवन यापनका लागि रुन वाध्य छन् यिनीहरु ।

 

LIVE TV