२५ मंसिर २०७५, मंगलवार

काठमाडौं, २५ मंसिर । पुष ५ गते बस्ने गरि आज बोलाइएको संवैधानिक परिषद्को वैठक बस्दै नबसी स्थगित भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको सिफारिसका लागि बोलाइएको संवैधानिक परिषद्को वैठक बस्दै नबसी स्थगित भएको हो ।

गत मंसिर १७ गते बसेको बैठकले कुनै निर्णय लिन नसक्दा २२ गते शनिबारका लागि बोलाइएको थियो । तर शनिबार परेको भन्दै बैठक नबसेपछि आजका लागि बोलाइएको थियो । तर आजको वैठक पनि बस्दै नबसी स्थगित भएपछि प्रधानन्यायाधीशको सिफारिसमा झनै ढिलाई हुने प्रष्ट भएको छ ।

पुष १७ गते उमेर हदका कारण अवकाश लिन लाग्नु भएका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको स्थानमा नयाँ प्रधानन्यायाधीशको सिफारिस गरिन लागिएको हो । संवैधानिक प्रावधान अनुरुप एक महिना अघि नै प्रधानन्यायाधीशको नाम सिफारिस गर्नु पर्ने हुन्छ । सर्बोच्च अदालतको नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमसेर जबरा र दीपकराज जोशीको नाम न्याय परिषदले संवैधानिक परिषद्दमा पठाएको छ ।

LIVE TV