२५ मंसिर २०७५, मंगलवार
  • तारा आचार्य,

विराटनगर, २५ मंसिर । माल भएर चाल नपाएको भन्ने उखान यति बेला विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा ठ्याक्कै मिलेको छ । एचआईभी संक्रमितहरुले प्रयोग गरिरहेको औषधिको प्रभाव जाँच्ने करिब डेढ करोड रुपैयाँको पीसीआर मेशिन प्राविधिक नभएर विगत एक महिना देखि थन्किएर बसेको छ ।

स्वास्थ्य मन्त्रालयको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले करिब ३ महिना अघि पठाएको सो मेशिनका सम्पूर्ण पार्टपूर्जा जोड्ने काम एक महिना अघि नै सिद्धिएको थियो । तर सम्बन्धित प्राविधिक नहुँदा मेशिन सञ्चालन आउन सकेको छैन ।

सो पीसीआर मेशिनले एआरटी प्रयोग गरिरहेका एचआईभी संक्रमितहरुमा औषधिको प्रभाव जाँच्ने काम गर्दछ । मेशिन सञ्चालन नहुँदा सयौं एचआईभी संक्रमितहरुको उपचारमा समस्या भईरहेको बताइएको छ ।

LIVE TV