२५ मंसिर २०७५, मंगलवार

काठमाडौं, २५ मंसिर । ‘मिनी संसद’का रुपमा हेरिने संसदीय समितिको बैठक कोरम नपुगेकै कारण स्थगित भएको छ । आज बोलाइएको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आवश्यक सदस्य नै उपस्थित भएनन् ।

अर्थ समितिका अधिकांश सांसद अनुपस्थित भएपछि बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । साढे १२ बजेसम्म पर्खदा पनि कोरम नपुगेपछि बैठक बस्न सकेन । सांसदको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको अर्थ समितिका सभापति अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको जिकिर छ ।

मस्र्याङदी–२ जलविद्युत आयोजनाको लाईसेन्स खरिद बिक्रीबारे छलफल गर्न संयुक्त बैठक बोलाइएको थियो । भारतीय कम्पनी जिएमआरले जलविद्युत आयोजनाको लाईसेन्स विक्री गरेपछि समितिले छलफल थालेको हो । अर्थ समितिले सो सम्बन्धमा छानवबिन गर्न उपसमिति गठन गर्ने योजना पनि बनाएको छ ।

LIVE TV