
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
अन्तरष्ट्रिय बजारमा सुनको भाउमा लगातार बृद्धि भएसंगै नेपालमा पनि फाइन गुणस्तरको सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ६० हजार रुपैयाँमा कारोबार भएको छ। तेजावी सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भयो ।
चाँदी सोमबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेर ७ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।