२५ मंसिर २०७५, मंगलवार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, २५ मंसिर । ओखलढुंगामा बैङ्कीङ कारोवार सुरु भएका स्थानीय तहहरुमा अस्थाई प्रहरी चौकी धमाधम स्थापना भएको छ । गाउँपालिकाको शान्ति सुरक्षालाई मध्येनजर गर्दै बैङ्क पुगेका स्थानीय तहहरुमा अस्थाई प्रहरी चौकी स्थापना गरिएको हो ।

केही समयअघि ओखलढुंगाको मोलुङ गाउँपालिकाको केन्द्र प्रप्चामा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । बुधबार लिखु गाउँपालिकाको केन्द्रमा स्थापना गरिने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

स्थानीय तहको ब्यवस्थापन रहनेगरी स्थापना भएका प्रहरी चौकीहरुमा एक केन्द्र बराबर पाँच जना प्रहरी जवान खाटाइनेछ । गाँउपालिकाको केन्द्रबाट हुने आर्थीक, मानविय तथा प्रशासनिक काममा हुनसक्ने खतरालाई मध्यनजर गर्दै अस्थाई प्रहरी चौकी स्थापना गरिएको ओखलढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।

केही समयअघि लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्द पौडेलमाथि मध्यराति आक्रमण भएपछि स्थानीय तहका जनप्रतिनिधिहरु क्रसमा रहेका थिए । त्यस्तै गाँउपालिका तहमा खटाइएका बैंक तथा बित्तिय संस्थाहरुले पनि शान्ति सुरक्षालाई लिएर स्थानीय तहमा जना आनाकानी गरिरहेका थिए ।

अब भने सबै स्थानीय तहमा धमाधम अस्थाई प्रहरी चौकी स्थापना भएपछि त्यस क्षेत्रका नागरिक, जनप्रतिनिधि तथा बित्तिय संस्थाहरुले समेत सुरक्षीत महशुस गर्न थालेका छन् । एक नगरपालिका सहित सात गाउँपालिका रहेको ओखलढुंगामा तीन ओटा स्थानीय तहमा बैङ्क पुग्न सकेको छैन ।

बैङ्क पुग्न नसक्ने गाउँपालिकाहरुमा चिसंखुगढी, चम्पादेबी र सुनकोशी गाँउपालिका रहेका छन् । त्यस्तै अस्थाई प्रहरी चौकी स्थापनाको प्रकृयामा रहेका गाँपालिकाहरुमा चम्पादेबी र सुनकोशी रहेका छन् । यी गाँउपालिकाहरुमा पनि यथाशिघ्र स्थाई प्रहरी चौकी स्थापना गरिने जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

LIVE TV