२५ मंसिर २०७५, मंगलवार
  •  ज्याेति कुमार पन्थी

बर्दिया । यहाँकाे गुलरिया नगरपालिका वडा न- ८ का सुत्केरी अामाहरुलार्इ कुखुरा वितरण गरिएकाे छ । युएसअाइडीकाे अार्थिक सहयाेगमा जनजागरण महिला संघकाे अायाेजनामार्फत नगरपालिकाकाे वडा नं ८ निवासी एक हजार दिनसम्मका सुत्केरी अामाहरूलाई अाज कुखुरा बितरण गरिएकाे हाे ।

स्थानीय २४ घर-परिवारका लागि प्रतिपरिवार ५ वटाकाे दरले लाेकल कुखुरा वितरण गरिएकाे छ । वडा नं ८ मा बसाेबास गर्ने सुत्केरी महिलाहरूका लागि प्राेटिनकाे कमी नहाेस् भन्ने उद्देश्यका साथ कुखुरा बितरण गरिएकाे संस्थाका कर्मचारी वीरबहादुर बुढाथाेकीले बताए ।

उनका अनुसार बर्दिया जिल्लामा ग्रामीण कृषक, महिला स्वास्थ्य स्वंसेविका र १ हजार दिनसम्मका सुत्केरी अामाहरूका लागि १४ सय ४६ परिवारका लागि कुखुरा वितरण गर्ने जन-जागरण महिला संघकाे कार्यक्रम रहेकाे छ ।

वडा नं ८ मा कुखुरा वितरण कार्यक्रमकाे उद्घाटन गर्दै गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरीले कुखुरा वितरण गरी सकेपछि यसकाे अनुगमन गर्नुपर्ने बताउँदै संस्थाले सुत्केरी महिलाहरूका लागि गरेकाे सहयाेग सराहनीय रहेकाे बताइन् । उनले अब गैरसरकारी संस्थाहरूले महिलाहरूका लागि अायमूलक कार्यक्रम सञ्चालन गर्नेतर्फ पनि ध्यान दिनुपर्नेमा जाेड दिइन् ।

LIVE TV