२५ मंसिर २०७५, मंगलवार
  • बिनय  तिम्सिना

इलाम ।  इलामको रोङ गाउँपालिका ६ सलकपुरको ५४ वर्षिय प्रेम तामाङको गए राती भिरबाट खसेर मृत्यु भएको छ ।

रोङ ६ को धजे डाँडा देखी सलकपुर सम्म ३ किलो मिटर भिरको गोरेटो बाटोमा हिड्ने क्रममा उनको लडेर मृत्यु भएको हो । सो बाटो स्थानीयले छिट्टो पुग्नका लागि  प्रयोग गर्ने गरेका छन् ।

सलकपुर खानेपानी योजनाको चैकीदार समेत रहेका तामाङ पानी बनाएर घर फर्कने क्रममा १०० मिटर तल खसेर मृत्यु भएको हो । अहिले पोष्टमार्टमको लागि भद्रपुर लाने तयारी भएको  छ ।

LIVE TV