२५ मंसिर २०७५, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङ दुवैले अघिल्लो कार्यकालमा एक-अर्काका देशको भ्रमण गरेनन्। भण्डारीको चीन र सीको नेपाल भ्रमण किन भएन, सबैको चासोको विषय बनेको छ।

भण्डारी भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, स्विट्जरल्यान्ड भ्रमणमा गए पनि चीन गइनन्। दोस्रो कार्यकालमा पनि खाडी र युरोप पुगिसकेकी उनी चीन जाने कुनै चर्चा छैन। उपराष्ट्रपतिले भने बारम्बार चीन भ्रमण गरे। दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणमा पनि उनी चीन नै गए।

चीनबाट पनि मन्त्री, उपमन्त्री, दलको नेतास्तरीय निकै भ्रमण भए पनि राष्ट्रपति स्तरमा भ्रमण भएको छैन। भ्रमणको पहल सरकारले गरेन वा राष्ट्रपति दुवैतर्फबाट भएन त्यसको जानकारी परराष्ट्र अधिकारीहरूलाई नै होला। आलंकारिक राष्ट्रपति भएकाले सरकारले नै निर्णय नगर्दा चीन भ्रमण नभएको हुन सक्छ भन्ने खबर अन्नपूर्ण दैनिकमा खबर छ।

तर चिनियाँ राष्ट्रपति देशको कार्यकारी भएकाले उनले आफैं निर्णय गरी भ्रमण गर्न सक्छन्। तैपनि चीनले त्यसो गरेन। चिनियाँ राष्ट्रपति सीले सार्कमा नेपाल र भुटानको मात्र भ्रमण गरेका छैनन्। बाँकी सार्क राष्ट्रको भ्रमण गरिसकेका छन् वा महत्वपूर्ण सम्झौता गरिरहेका छन्।

LIVE TV