२५ मंसिर २०७५, मंगलवार

काठमाडाैँ । सौराहामा आगामी पौष ११ गतेदेखि १५ आैँ हात्ती महोत्सव अयोजना हुने भएको छ ।

क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा सांस्कृतिक कार्यक्रमसहित महोत्सव हुने भएको हो । महोत्सवमा हात्तीको वनभोज कार्यक्रम, हात्ती फास्ट वाक प्रतियोगिता, हात्तीका छावाहरुबीचको फुटवल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ, कवि गोष्ठी र विविध सास्कृतिक कार्यक्रमको आयोजना गरिनेछ ।

महोत्सवका लागि ४९ लाख १० हजार रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा महोत्सव हुने छ ।

LIVE TV