२४ मंसिर २०७५, सोमबार

काठमाडौं । बैंकहरुले ब्याजदर बढाउने होडबाजी नरोकेपछि बैंकर्स संघमा कारबाही गर्ने चर्चा चलेको छ । निक्षेप तानातान गर्ने होडबाजी बढेपछि केहि बैंकरहरुले आफ्नो निक्षेप गुम्ने डरमा १३ प्रतिशत सम्म ब्याजदर बढाएका छन् । जसले गर्दा बैंकहरुले सर्वसाधारणको पैसा दुरुपयोग गर्ने सम्भावना बढेको छ ।

बैंकहरुमा ब्याजदर बढाउने होडबाजी अझै रोकिएको छैन् । नेपाल राष्ट्र बैंकले कर्जा–पूँजी–निक्षेप अनुपात ८० प्रतिशत नाघेका बैंकहरुलाई जरिवाना तिराएपछि बैंकर्स संघले ब्याजदरमा लगाएको सिमा हटाएको थियो ।

त्यस यता अधा दर्जन बैंकहरुले ब्याजदर १३ प्रतिशत भन्दा माथि पु¥याइसकेका छन् । जनता बैंकबाट सुरुभएको ब्याजदर बढाउने काम अन्य केहि साना बैंकहरुले पनि होडबाजिका रुपमा एकपछि अर्को गरि ब्याजदर बढाउँदै गए । जसले ठुला भनिएका बैंकहरुलाई पनि अप्ठेरोमा पार्ने सम्भावना बढेको छ । बैंकहरुले निक्षेप खोसाखोसको अवस्था आएपछि ब्याजदर बढाएको दावी गरेका छन् ।

भाइबर गु्रपमा म्यासेज आदान प्रदान गर्दै बैंकरहरुले ब्याज बढाउने बैंकलाई अन्तर बैंक सापटीमा एक्लाउने देखि चेक क्लियरिङमा असहयोग गर्ने र एटिएमको प्रयोगमा अस्वीकार गर्ने सम्मका कारबाही गर्नुपर्ने अधिव्यक्तिहरु दिएका छन् ।

यसले बैंकरहरु बीच बिबाद ल्याउने निस्चीत भएको छ । गत साता बैंकर्स संघको साधारणसभामा गभर्नर नेपालले ब्याज बढाउने बैंकले सर्वसाधारणको पैसा दुरुपयोग गर्न खोजेको आरोप लगाएका थिए ।

तर पनि बैंकहरुले गभर्नरको कुरालाई वेवास्ता गर्दै ब्याजदर बढाइरहेका छन् । यसले पछिल्लो समय बैंकरहरुबीच विवाद मात्र ल्याएको छैन मुलुकको अर्थतन्त्र मै गम्भिर असर पार्ने सम्भावना बढाएको छ ।

 

LIVE TV