२४ मंसिर २०७५, सोमबार
  • तारा आचार्य,

विराटनगर, २४ मंसिर । बहिराहरुको सांकेतिक भाषामा २५ सय शब्द थपिएको छ । यसअघि २२ सय सांकेतिक शब्द प्रयोग गरेर बहिराहरुले आपसमा बातचित गर्दै आएका थिए । २५ सय शब्द थपिएसंगै सांकेतिक भाषा शब्दकोषमा ४७ सय शब्द भएको छ ।

नयाँ शब्दहरु थपिएपछि शब्द बारे जानकारी दिन दोभाषेहरुलाई विराटनगरमा दुई दिने प्रशिक्षण तथा क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरिएको थियो ।

राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपाल, कोशी बहिरा संघ र विराटनगर महानगरपालिकाको सहयोगमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षणमा ३८ जिल्लाका ७६ जना सहभागी छन् ।

उनीहरुलाई सांकेतिक भाषा विशेषज्ञ अमेरिकन नागरिक माइक मोर्गन र दोभाषे संघका अध्यक्ष शिलु शर्माले प्रशिक्षण दिनुभएको थियो ।

LIVE TV