२४ मंसिर २०७५, सोमबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, २४ मंसिर । “चौका छक्का हानौं, बालविवाह र लैङ्गिक हिंसाको अन्त्य गरौ ।” भन्ने मुल नाराका कपिलवस्तुको तौलिहवामा किशोरी क्रिकेट प्रतियोगिता सुरु भएको छ । युएनएफपीए, नेपाल परिवार नियोजन संघ र कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोग तथा कपिलवस्तु क्रिकेट संघको आयोजनामा चेतनामुलक प्रतियोगिता सञ्चालन गरिएको हो ।

नेपाल परिवार नियोजन संघले बाल विवाह न्यूनीकरणका लागि कपिलवस्तु नगरपालिकासहित साविकका १० गाबिसमा सञ्चालन गरेको कार्यक्रम अन्र्तगत निर्मित किशोरी समुहबीच क्रिकेट प्रतियोगिता आयोेजना गरिएको हो । मंसिर २३ देखि शुरु भएको क्रिकेटमा ४ वटा टोलीबीच प्रतिष्पर्धा भईरहेको छ ।

आज भएको खेलमा श्रृजनशील बालिका समूहले प्रगतिशील समूहलाई चार रनले पराजित गरेको छ । श्रृजनशीलले टस जितेर पहिलो व्याटिङ गर्दै निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा जवाफमा आएको प्रगतिशीलले ८ बिकेट गुमाउदै ५६ रन मात्र बनाउन सफल भएको थियो ।

LIVE TV