२४ मंसिर २०७५, सोमबार

बच्चाले परिवारमा खुसी ल्याउँछ । सबै बच्चा खास हुन्छन् । वैवाहिक जीवनमा बाँधिएपछि अधिकांश दम्पतीको एउटै सुन्दर सपना हुन्छ, स्वस्थ बच्चा जन्माउने । तर, सबैले सोचेजस्तो र कल्पना गरेजस्तो हुदैन ।

संसारमा यस्तो पनि बच्चा हुन्छ जसलाई देख्दा अचम्म लाग्न सक्छ । नचाहँदा नचाहँदै पनि केही परिवारमा रोगी र  सामान्य  भन्दा फरक प्रकति भएको बच्चाको जन्म हुन्छ । उनीहरुको शारिरीक बनावट अरु बच्चा भन्दा भिन्न किसिमको हुन्छ ।

यस्तै बच्चा भारतको बेलहारीमा जन्मिएका छन् । उक्त बच्चाको नाम हो दीपक पासवान । पासवानको पेटमा ८ ओटा अंग जोडिएका थिए । दीपक गर्भमा रहदा नै केहि संकेत पाइसकेकी उनको आमा बताउँछन् । दिपकको जन्मपछि केहि मानिसहरुले उनलाई हिन्दु धर्मको लक्ष्मीको रुप मानेर पूजा गर्ने गरेको उनको परिवार बताउँछन् । केहिले भने दिपकलाई नराम्रो दृष्टिले हेर्ने गरेको पनि परिवारले बताए ।

दिपक एक गरिब परिवारमा जन्मिएकोले उनको उपाचार गर्न सक्ने स्थिति पनि थिएन । एक दिन दिपकको बुबा दिपकलाई लिएर उपचारका लागि डाक्टर कहाँ पुगेका थिए । डाक्टर राम चरन थियागराजनले दिपकको उपचारको लागि पैसा धेरै लाग्ने भनेपछि दिपक र उनको बाबु यतिकै फर्किए ।

दीपकको उपचारका लागि २०१० सालमा ब्याङ्लोरको अस्पतालले एक टिम तयार गरे । उक्त टिमले दीपकको उपचार फ्रिमा गरे । दुई घन्टाको अपरेशनपछि दीपक अरु साधरन बच्चा जस्तै भएका छन् । अपरेशनपछि उनले आम बच्चाहरुको जस्तै जीवन पाए । उनको यो एक नयाँ जीवन हो ।

एजेन्सीको सहयोगमा

LIVE TV