
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
अन्तरष्ट्रिय बजारमा सुनको भाउमा लगातार बृद्धि भएसंगै नेपालमा पनि फाइन गुणस्तरको सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। तेजावी सुन प्रति तोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भयो ।
चाँदी शुक्रबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेर ७ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।