२४ मंसिर २०७५, सोमबार

काठमाडौं । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले ‘आत्मसम्मानको लागि खडा होऔं’ भन्ने नाराकासाथ नेपालमा पनि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईएको जानरी दिए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने,‘नेपालको वर्तमान मानव अधिकारको अवस्थाका बारेमा सरकारलाई हामीले आयोगका तर्फबाट जानकारी दिईसकेका छौं, १५२ उजुरीहरुमाथि कारबाही भएको छ, ३८० उजुरीमाथि अनुसन्धान जारी छ, करिब ९३६ उजुरीहरु सिफारिस गरिएको छ, सबै उजुरीको सन्दर्भमा भन्नुपर्दा ३९ प्रतिशत उजुरीहरु कार्यान्वयनमा आएका छन् ।’

नेपालमा मानवअधिकारलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने हो भने राजनीतिक एकाग्रता चाहिने उनको भनाई छ । पाठकले भने,‘राजनीतिक दल, मावन अधिकारकर्मीलगायत सबै क्षेत्रबीच सहमति र सहकार्य चाहिन्छ । अन्यायमा परेका व्यक्तिहरुमाथि राजनीतिक नजरले हेरिनुहुँदैन, शम्भुरामजीको यो पुस्तक निक्कै महत्वपूर्ण छ ।’

LIVE TV