२४ मंसिर २०७५, सोमबार

काठमाडौं । आइतबारदेखि सुरु भएको अन्तर प्रदेश परिषदको बैठक ५ सदस्यीय कार्यदल गठन गर्दै सकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सात वटै प्रदेशका मुख्यमन्त्रीले प्रदेशमा देखिएको समस्याका विषयमा जानकारी गराएपछि ५ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलले मुख्यमन्त्रीले राखेका गुनासोको प्रतिवेदन निर्माण गरेर प्रधानमन्त्रीलाई बुझाउने छ । बैठकमा सबै मुख्यमन्त्रीहरुले आफ्नना गुनासा पोखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको निश्कर्षसहितको प्रतिवेदन सात दिनभित्र बुझाउने गरी कार्यदल गठन गर्ने र त्यसको निश्कर्षलाई कार्यान्वयनमा लैजाने बताउनुभएको थियो । कार्यदलले पुस ३ गते दिउँसो १ बजे संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थिति मा प्रतिवेदन बुझाउनेछ ।

कार्यदलमा गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत छन् । त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी सदस्य सचिव रहनेछन् ।

LIVE TV