२४ मंसिर २०७५, सोमबार

मानवअधिकार उलंघनका घटनामा सरकार उदासिन बनेको आरोप लाग्दै आएको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेका सिफारिस कार्यान्वयनमा सरकार र सरोकारवाला निकाय गम्भीर नदेखिएको तथ्यहरु पनि रहेका छन् ।

न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुती ६ प्रश्नमा आयोगकी प्रवक्ता मोहना अनसारीले कार्यान्वयनको पाटो कमजोर रहेको बताइन् । उनले सरकारले संविधानको भावनाको उलंघन गरेको आरोप समेत लगाइन् ।

प्रवक्ता अन्सारीले विश्वमै मानव अधिकारको अवस्था दयनीय भएको पनि बताइन् । उनले तल्लो तहसम्म मानवअधिकारका बारेमा चेतना पु¥याउन नसकेको स्वीकार पनि गरिन् ।

LIVE TV