२४ मंसिर २०७५, सोमबार

काठमाडौं । चितवन घर भएका प्रकाश अधिकारी (नाम परिवर्तन) समलिंगी हुन्। पुरुषजस्तो देखिने उनी महिलाभन्दा पुरुषतर्फ आकर्षित हुन्थे। आफू पुरुष भएपनि उनको महिला प्रति कुनै फिलिङ नै आउँदैनथ्यो। बरु पुरुषतिर उनको आकर्षण हुन्थ्यो।

यसैक्रममा उनले जीवन विताउने पुरुष साथी भेट्टाए। उनसँग सगलिंगी विहेको तयारी पनि गरे। तर नेपालको कानूनले समलिंगी विवाहलाई कानुनी मान्यता दिएको छैन। समाजले पनि पूर्ण रुपमा स्वीकार गरेको छैन्।

यस्तो प्रतिकुल परिस्थिती सिर्जना भएपछि प्रकाश आफ्नो पार्टनरसहित विहेका लागि इटाली गए। जहाँ समलिंगी विहेलाई कानुनी मान्यता छ। त्यहाँ प्रकाशले चर्चमा विहे गरे। नेपालमा समलिंगी विहेलाई मान्यता नहुँदा उनीहरु परदेशमा गएर विहे गर्न बाध्य भए। याे खबर अाजकाे नागरिक दैनिकले छापेकाे छ ।

LIVE TV