२३ मंसिर २०७५, आईतवार

काठमडाैँ ।  साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालयलेप्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।

 साइपाल प्लस टु सिनियर ब्वाइज, न्यु भिजन सिनियर गल्र्स र हिमालय जुनियर ब्वाइजमा च्याम्पियन बने । कोटेश्वरस्थित आयोजक हिमालयको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा साइपालले सीसीआरसीलाई ६०–५४ ले पराजित ग¥यो । साइपालको जितमा सुशान्त ओलीले १७ अंक योगदान गरे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा न्यु भिजनले स्किब्सलाई ३०–२५ ले हरायो । न्यु भिजनकी प्रिया तिमल्सिनाले ९ अंक जोडिन् । जुनियर ब्वाइज फाइनलमा हिमालयले नवज्योतिमाथि ४१–२१ को जित दर्ता ग¥यो । हिमालयका रुबन कार्कीले २३ अंक जोडे । सिनियर ब्वाइजमा साइपालका सागर लामा, सिनियर गल्र्समा न्यु भिजनकी प्रिया तिमल्सिना र जुनियर ब्वाइजमा हिमालयका रुबन कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी, हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, हिमालयकी निर्देशक संगीता सिलवाल, हिमालयका आर्थिक निर्देशक भुवनचक्र जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर १६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

LIVE TV