२३ मंसिर २०७५, आईतवार

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सरकारले सिफारिस गरेको राजदूतको नाम समितिबाट अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले विभिन्न चार देशका लागि सिफारिस प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको हो ।

समितिको बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकालको नाम सर्वसम्मत निर्णयबाट अनुमोदन गरेको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

सुनुवाइ समितिले आइतबार बिहान ११ बजे देखि बेलुका ६ बजे सम्म प्रस्तावित चारैजना राजदूतहरुको पालैपालो सुनुवाइ गरेको थियो । सरकारले सिफारिस गरि पठाएका चारै जनालाई संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

LIVE TV