२३ मंसिर २०७५, आईतवार
  • रामहरि श्रेष्ठ

ओखलढुङ्गा । ओखलढुङ्गामा गुडिरहेको बसले एक वृद्धाको दुबै खुट्टा किचिएको छ । जिल्लाको रामपुरबाट सदरमुकामतर्फ आउँदै गरेको बा ३ख९१७४ नम्बरको बसले किच्दा मोलुङ गाउँपालिका १ का ७७ वर्षिय भीममाया विकको दुबै खुट्टा कामै नलाग्ने भएकाे हाे ।

वृद्धा विक बस चढ्ने क्रममा साथमा रहेको समान भुईमा खसेपछि टिप्ने खोज्दा बसको टायरले किचेको प्रतक्षदर्शीले बताए । उनका दुवै खुट्टा काम नलाग्ने अवस्थामा रहेको छ ।

घाईते विकलाई समुदायिक अस्पतालमा समान्य उपचारपछि काठमाडौं पठाइएको अस्पताल स्रोतले जनाएको छ । घटनापछि चालकलाई नियन्त्रमा लिएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

LIVE TV