२३ मंसिर २०७५, आईतवार
  • रिदम सिंह

मंसिर २३, बझाङ । बझाङको खप्तड छान्ना गाउपालिकाका पदाधिकारीहरु यति बेला देशका बिभिन्न स्थानहरुको कृषि अवलोकन भ्रमणमा छन । गाउँपालिको बार्षिक कार्य योजना अन्र्तगत देशका बिभिन्न ठाउँमा कृषि अवलोकन गर्दै अवलोकनमा सिकेका कुराहरु आफ्नो गाउँठाउँमा पनि लागू गरि कृषकहरुको जीवनस्तर माथि उकास्ने रणनीति रहेको खप्तड छान्ना गाउपालिकाका अध्यक्ष बर्कबहादुर रोकोयाले बताए ।

 कृषिबाट नै गाउँपालिका भरका व्यक्तिले आफ्नो जीविका चलाउने भएकोले पनि कृषि सम्बन्धि ज्ञान एवं सिप सिकाउने र कृषिलाई आधुनिक एवं बैज्ञानिक तबरले अघि बढाउने योजना अनुसार कृषि भ्रमणमा निश्किएका गाउपालिकाका जनप्रतिनिधिहरु बताउछन् । भ्रमण टोलीमा जनप्रतिनिसहित गाउँपालिकाका १० भन्दा बढी कृषकहरु पनि समाबेश भएका छन् । टोलीको नेतृत्व गरेका गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकाया जनप्रतिनिधिमात्र नभएर एक मेहनती र उद्यमी किसान पनि हुन् ।

भ्रमणमा निस्किएका खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकायाले खप्तड छान्ना गाँउपालिकालाई स्वर्ग बनाउने बताएका छन् । नेपालका विभीन्न ठाउँमा भ्रमण तथा अवलोकन गर्नका लागि गएका अध्यक्ष रोकायाले आफ्नो ठाँउ नै स्वर्ग बनाउन सकिने जिकिर गर्दै अब अबलोकनमा सिकेका कुराहरु ब्यावहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खप्तड छान्ना गाउँपालिकालाई जिल्लाकै चर्चित र कृषि क्षेत्रमा नमुना गाँउपालिका बनाउने दृढता पनि व्यक्त गरेका छन् । खप्तड छान्ना गाँउपालिकाका अगुवा कृषक र जनप्रतिनिधि, बुद्धिजीविसहित भ्रमणमा निस्किएको टोलीले कृषि क्षेत्रमा नेपालको नाम चेलेका ठाँउहरुको अवलोकन गर्दा अहिले सम्म नसकिने कुरा केही नभएको जानकारी पाएको अध्यक्ष रोकायाले बताए ।

खप्तड छान्ना गाउँपालिकाका एक किसान पदम थापाले गाउँमा खासै राम्रो उत्पादन हुन नसकेपछि गाउँ छोडेर बिदेश जाने सोंच बनाएका थिए । जति काम गरे पनि ६ महिना सम्म खानलाई नपुग्ने खेती देखेर आफु दिक्क भएको समेत बोहरा बताउछन् । तर थापाको यो सोचाई एकाएक परिबर्तन भएको छ । केहि दिन अघिसम्म बिदेश जाने सुर कसेका बोहरा आजभोलि भने जे गरेपनि आफ्नै देशको माटोमा गरेर देखाउने भन्दै तम्सिएका छन् । भ्रमण पछि प्रफुल्लित किसान थापाले अगाडि भने ‘यस बर्षको कार्ययोजनामा गाउँपालिकाका किसानलाई भ्रमण गराउने योजना बनाएको रहेछ , गाउँपालिकाले आफुलाई लगेको भ्रमणमा मैले आफ्नै देशमा स्वर्ग देखे, आखिर हाम्रो देशको माटोमा नै सुन फलाउन सकिने रहेछ, यो भ्रमणले मलाई ठूलो पाठ सिकायो ।

LIVE TV