२३ मंसिर २०७५, आईतवार

बुटवल, मंसिर २३ । जेसिबी पल्टीदा गएराती प्युठानमा एक जनाको ज्यान गएको छ । प्युठानको मालारानी गाउँपालिका –३ बर्बोट निवासी ३६ बर्षिय बिष्णुप्रसाद पौड्यालको ज्यान गएको हो ।

प्रहरीका अनुसार लोहनी ब्रदर्स निर्माण कम्पनीले ठेक्का लिएको खलङ्गा जगिटारी सडकमा विगत केहि बर्ष देखि काम गर्दै आएका पौड्याल  काम सकेर खलङ्गाबाट बस्ने क्याम्प तर्फ फर्कदै गर्दा साल्ठाटी खोलमा जेसिबी पल्टीँदा ज्यान गएको प्युठानका निमित्त जिल्ला प्रहरी प्रमुख देविप्रसाद पौड्यालले जानकारी दिए ।

जेसिबी पल्टीँदा उनलाई च्यापेको सोही कम्पनीका कामदारहरुले बताए पनि परिवारजनले सत्य तथ्य नबुझे सम्म शव बुझ्ने अडान लिएको जनाईएको छ । मृतकका श्रीमति , २ छोरी र एक छोरी रहेका छन ।

LIVE TV