२३ मंसिर २०७५, आईतवार
  • ज्याेति कुमार पन्थी

बर्दिया । बर्दिया जिल्लामा पछिल्लाे समय तीव्र गतिमा निर्माण भइरहेकाे जिल्लाकै पहिलाे चारलेन सडककाे काम एकाएक राेकिएकाे छ । गुलरियाकाे जिल्ला प्रहरी कार्यालयदेखि भादा पुलसम्म गत वर्षदेखि निर्माण सुरू गरिएकाे चारलेन सडककाे काम सडक डिभिजन कार्यालय बाँकेकाे निर्देशनमा राेकिएकाे हाे ।

सडक डिभिजन कार्यालय बाँकेले चार लेन निर्माणकाे जिम्मेवारी लिएकाे गजुरमुखी निर्माण कम्पनी प्रालिलाई पत्र लेखी साे काम राेक्न लगाएकाे हाे । कार्यालयले सडक विभागकाे प.स. ०७५/०७६ काे च नं. ६५ काे मिति ०७५/०७/०५ मा प्राप्त पत्रअनुसार सडक निर्माण अन्तर्गतकाे गुलरिया-नेपालगञ्ज सडकका लागि रकम बिनियाेजन नै नभएकाेले अर्काे अादेश नहुँदासम्मका लागि हाललाई उक्त निर्माण कार्यमा राेक लगाएकाे छ ।

पत्र पाएपछि निर्माण कम्पनीले  धमाधम निर्माण भइरहेकाे साे चार न सडककाे काम राेकेकाे छ । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सद्स्य सञ्जय कुमार गाैतमकाे पहलमा सुरू गरिएकाे चार लेन सडककाे कार्य एकाएक अवरूद्ध भएपछि स्थानीय बासिन्दा अाक्राेशित भएका छन् ।

पुर्व मन्त्री एवं सांसद अाफू सिचाइँ मन्त्री हुँदा अाफ्नाे पहलमा सुरू गरिएकाे सडक राजनितिक पूर्वाग्रहका कारण निर्माणमा राेकावट हुनु दु:खद भएकाे बताउँदै सञ्जय कुमार गाैतमले याे विषय अाफूले संसदमा उठाउने जनाएका छन् । उनी बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन् ।

गुलरिया नगरपालिकाकाे प्रवेशद्वारसंगै रहेकाे भादा नदीदेखि जिल्ला प्रहरी कार्यालयसम्मकाे चार लेन सडककाे काम अवरुद्ध भएपछि तत्काल निर्माण सुरू गर्न गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले सम्बन्धित पक्षसंग माग गरेका छन् । उनले जिल्लाकाे विकासकाे मेरूडण्ड मानिएकाे चार लेन सडक निर्माणमा ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे ।

LIVE TV