२३ मंसिर २०७५, आईतवार

न्यूयोर्क । महिला हिंसाविरुद्धकाे अन्तर्राष्ट्रिय अभियान भर्खरै सम्पन्न भएकाे छ । याे अभियान मनाइरहँदा पनि नेपालमा विभिन्न ठाउँमा महिलाहरु तथा बालबालिकाहरु बलात्कृत र हिंसाकाे सिकार भएकाे खबर अाइरहेकै थिए । पछिल्लाे समय नेपालमा मात्र हाेइन, विश्वभरि नै महिला हिंसाका घटनामा वृद्धि भइरहेकाे छ ।

हालै मात्र संयुक्त राष्ट्र संघले सार्वजनिक गरेकाे एक तथ्यांकअनुसार महिलाहरु अाफ्नै घरपरिवार/अाफन्तबाट बढी हिंसामा पर्नेगरेकाे र याे क्रम न्युन हुनुकाे साटाे बढ्दै गएकाे देखाएकाे छ । ‘ग्लाेबल स्टडी अन हाेमीसाइड : जेन्डर रिलेटेड किलिङ अफ वुमन एण्ड गर्लस्’ नामक संयुक्त राष्ट्र संघकाे प्रतिवेदनमा महिलाका लागि सबैभन्दा खतरनाक र असुरक्षित स्थान आफ्नै घरपरिवार भएको देखाइएको छ ।

राष्ट्र संघअन्तरगतकाे ड्रग्स एण्ड क्राइम (युएन ओडीसी) ले विश्वव्यापी रुपमा सार्वजनिक गरेको साे प्रतिवेदनमा सन् २०१७ मा मात्रै विश्वरभरि ८७ हजार महिला तथा बालबालिका मारिएकाे जनाइएकाे छ ।

२०१७ साल वर्षभरिका महिला हिंसाका घटनाहरु विश्लेषण गरिएकाे साे प्रतिवेदनका अनुसार विश्वभरमा मारिएका उल्लिखित संख्याकाे आधा भन्दा बढी अर्थात् ५८ प्रतिशत (करिब ५० हजार जना) महिला आफ्नै पार्टनर वा परिवारका सदस्यबाट मारिएका हुन् । यसमध्ये ३० हजार महिला आफ्नो पूर्व वा वर्तमान लाेग्ने/प्रेमी या पार्टनरबाटै मारिएका हुन् ।

यसै क्रममा ‘महिला विरुद्धको हिंसा’ विश्वव्यापी ‘महामारी’ भएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले जनाएका छन् ।

हेर्नुहाेस् प्रतिवेदनकाे पूर्णपाठ-

[pdf-embedder url=”http://www.news24nepal.tv/wp-content/uploads/2018/12/GSH18_Gender_related_killing_of_.pdf”]

LIVE TV