२३ मंसिर २०७५, आईतवार

काठमाडाैँ । नेपाली कांग्रेसको विधान मस्यौदामा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म विभाजित देखिएका छन् ।

दश दिनदेखि जारी छलफलमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर पदाधिकारीबीच विभाजन देखिएको हो ।

सभापति देउवाले पार्टीमा बढ्दो गुटबन्दीको विरोध गर्नुभएको थियो । मंसिर १३ गतेदेखि जारी छलफलमा वरिष्ठ नेता पौडेल सहित महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले विधानमा सभापतिलाई बलियो बनाउन नहुने तर्क राखेका थिए ।

उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतले सभापति बलियो भने काम गर्न सहज वातावरण हुने विचार राखेका थिए । केन्द्रीय सदस्यहरु पनि दुई ध्रुवमा बाँडिएका थिए । अर्काे बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ ।

LIVE TV