२३ मंसिर २०७५, आईतवार

संखुवासभा । संघीय सरकारले ‘योगमाया आयुर्वेदिक विश्वविद्यालय’ बनाउनका लागि अावश्यक मस्याैदा बनाइसकेकाे  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलले बताएका छन् । उनले साे विश्वविद्यालय अरुण उपत्यकामा नै बन्ने संकेत समेत दिएका छन्।

शनिबार सदरमुकाम खाँदबारीमा पत्रकारसँगकाे अन्तर्क्रियामा मन्त्री पोख्रेलले आयुर्वेदिक विश्वविद्यालयका लागि कानुनकाे  मस्यौदा निमार्ण गरिसकेको दाबी गर्दै संसदकाे हिउँदे अधिवेसनबाट चाँडै पारित हुने बताए । नेपालमा आयुर्वेद विज्ञानकाे ठूलाे सम्भावना रहेकाे अाैँल्याउँदै उनले  विश्वविद्यालय नै खडा गरेर अावश्यक शिक्षण तथा अनुसन्धान सुरु गर्ने सरकारकाे तयारी रहेकाे जानकारी दिए ।

नेपालमा परम्परागत शिक्षा प्रणालीले व्यावहारिक एव‌ं समय सुहाउँदाे जनशक्ति दिन नसकेकाले सरकारले अब प्राविधिक शिक्षामा जाेड दिने मन्त्री पाेखरेलकाे भनाइ थियाे ।

हिमाल, तराई र पहाडको मिश्रित हावापानी पाइने अरुण उपत्यकामा विभिन्न प्रकारका जडीबुटी प्रचुरता पाइन्छ । याे क्षेत्र कोशी राजमार्ग र हवाईमार्गसँग जाेडिएकाे हुनाले समेत विश्वविद्यालयका लागि उपयुक्त रहेकाे मन्त्री पोखरेलको भनाइ थियाे । उनका अनुसार काेशी करिडाेरले चीन र भारतलाई समेत जोड्ने भएकाले याे क्षेत्रकाे महत्व उच्च छ ।

‘आयुर्वेदिक विश्वविद्यालयले सामान्य ढंगले पढाइकाे काम मात्र गर्दैन, विभिन्न विषयमा खोज अनुसन्धान पनि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सबै कुराले उपयुक्त स्थान भएको क्षेत्रमा बनाउने सरकारको लक्ष्य हाे ।’

विद्राेही नारी योगमायाले समाज परिर्वतनका लागि गरेका संघर्ष र योगदानको सम्मानस्वरुप उनैकाे नाउँबाट आयुर्वेद विश्वविद्यालयकाे नामाकरण गरी अावश्यक प्रक्रिया अघि बढेको उनकाे भनाइ थियाे । त्यसका लागि संघीय सरकारले रु १० करोड बजेट विनियोजन समेत गरिसकेको मन्त्री पाेखरेलले जानकारी दिए ।

LIVE TV