२३ मंसिर २०७५, आईतवार

इटहरी । हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन।निर्माण थालिएका योजना पनि पूरा हुन नसकी अलपत्र छन्।

विराटनगरमा चक्रपथ निर्माण सुरु भएको दुई दशक भए पनि सम्पन्न भएको छैन। विराटनगर आसपासका क्षेत्रलाई समेत समेट्ने गरी सार्वजनिक निजी साझेदारी अवधारणाअनुरूप निर्माण सुरु गरिएको चक्रपथ सरकारी बेवास्ताले अलपत्र परेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

LIVE TV