२३ मंसिर २०७५, आईतवार

काठमाडौँ । योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रममा रोजगारदाता सूचीकृत हुने क्रम सुरु भएको छ । सरकारले मंयिसर ११ गतेदेखि लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा बिहीबारसम्म दुई सय रोजगारदाता सूचीकृत भइसकेका छन् ।

सामाजिक सुरक्षा कोषका अनुसार सबै प्रकृतिका अधिकांश ठूला रोजगारदाता सूचीकृत भएका छन् । कोषका अनुसार बैंक, वित्तीय संस्था, सहकारी, अस्पताल, विभिन्न प्रकृतिका उद्योग , व्यापारिक घराना, एयरलाइन्स कम्पनी, होटल, जलविद्युत् कम्पनी, बिमा कम्पनी, बोर्डिङ स्कुल , केबुल नेतवर्कलगायत सबै प्रकृतिका प्रतिष्ठान सुरक्षा योजनामा सामेल भएका छन् । अाजकाे अन्नपूर्ण पोस्ट् दैनिकमा यो समाचार छ ।

LIVE TV