२२ मंसिर २०७५, शनिबार

काठमाडौं । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को आज ३११ औं एपिसोड हो । आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु पनि प्रस्तुत गरिएको छ । कार्यक्रमको आजको एपिसोडमा सुधार गृहमा चरम यातना पाएका २१ जनाको उद्धार र सञ्चालकलाई पक्राउ गरिएको विशेष रिपोर्ट प्रस्तुत गरिएको छ ।

साथै यसै विषयबस्तुलाई लिएर प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसँग लाइभ कुराकानी पनि गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. सुधार गृहमा चरम यातना पाएका २१ जनाको उद्धार, सञ्चालक जेलमा !

काठमाडौं । लागु औषधमा फसेका आफ्नै छोरालाई नयाँ जीवन दिन ट्रान्सफरमेशन नेपाल नामक सुधार गृहमा राखेकी विराटनगरकी (नाम परिवर्तित) सुनिता भट्टले छोरालाई रमेश भट्ट नयाँ जीवन पाउने आशामा सुधार गृहको फोन नम्बर मन्दिरका नाममा सेभ गरेकी थिइन् ।

१८ महिनादेखि सुधार गृहमा रहेको छोरालाई पटक पटक भेट्न आउँदा सञ्चालकले अहिले सुधार हुने प्रक्रियामा रहेकाले भेट्न नमिल्ने भन्दै सिसी क्यामेरा ध्यान गरेको देखाएर विदा गर्थे । यो अवधिमा झण्डै ५ लाख बढी शुल्क बुझाइसक्दा छोरा सुध्रिएर फर्किने बेला सुधार गृहबाट भागेको छोराले गुहार माग्दै आमालाई फोन गर्दा उनी छाँगाबाट खसे जस्तै भइन् ।

सुधार गृहमा आँफुले चरम यातना पाएपछि मध्यरातमा ताला फोडेर भागेको छोराले आफुमाथि भएको अत्याचार सुनाएपछि उनकी आमा छाङ्गाबाट खसेजस्तै भईन् । गृहको हर्कत सुनाइरहँदा उनीसँगै भागेको अन्य १२ जनाको पीडा उस्तै थियो ।

२. के साच्चिकै निर्मला पन्तका हत्यारको पत्ता लागेको हो ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युवकमा अनुसन्धान केन्द्रित गरेको छ ।

भीमदत्त नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीलाई काठमाडौंबाट नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीसँगको बयानमा रावलले घटनामा आफ्नो संलग्नता रहेको भनी स्वीकार गरेको समाचारहरु बाहिर आएका छन् ।

LIVE TV