२२ मंसिर २०७५, शनिबार

काठमाडौं । आईतबारदेखि सेयर कारोबार पूर्ण स्वचालित अनलाइन प्रणालीबाट हुने भएको छ । अनलाइन प्रणालीबाट कारोबार शुरु भएपछि घरैमा बसेर सेयर किनबेच गर्न सकिने भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आइतबारदेखि सेयर कारोबार पूर्ण स्वचालित अनलाइन प्रणालीबाट हुने भएको छ । गत कात्तिक २० गतेदेखि सो प्रणाली सञ्चालनमा ल्याएको भएपनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्ण कार्यान्वयनमा आउन सकेको थिएन । प्रणाली सञ्चालन गर्न नसकिएको भन्दै गुनासो आएको थियो ।

बजारसमेत प्रभावित भएको भन्दै लगानीकर्ताले स्टक र धितोपत्र दलाल व्यवसायीसँग गुनासो गरेका थिए । सबै पक्षको गुनासो सम्बोधन हुने गरी आवश्यक तयारी गरिएको स्टकले जनाएको छ । आइतबारदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याउन स्टक, धितोपत्र दलाल व्यवसायी र लगानीकर्ता सहमत भएका हुन् ।

प्रणाली सञ्चालन गर्न धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने सम्झौतापत्र तयार पारिएको छ । सबै लगानीकर्ताको हात हातमा पु¥याउने लक्ष्य राखिएको छ । धितोपत्र कारोवार सञ्चालन विनियमावली २०७५ का आधारमा सम्झौता गरी कारोवार हुनेछ । त्यसबाट सेयर खरीद बिक्रीको प्रक्रियामा रहेको जोखिम तथा अन्य कठिनाइ व्यवस्थापन गर्न सहज हुनेछ ।

LIVE TV