२२ मंसिर २०७५, शनिबार

काठमाडौं । कसैलाई नदेख्ने-नसुन्ने कानून लगाउन न्यायाधीशलाई पनि निकै गाह्रो हुन्छ भनिन्छ । तर, अमेरिकाको रोड आइल्याण्डका मुख्य प्रधानन्यायाधीश फ्रान्क काप्रियोको निर्णय गर्ने शैली पृथक छ । उनी सरल र सहज मात्र होइन आश्चर्य लाग्ने गरी मुद्दा पु¥याउँछन् ।

पेटीमाथि गाडी पार्क गरेका कारण एकसय डलर जरिवाना तिर्न नमानेपछि यिनी अदालतको कठघरामा उभिएकी छन् । कानूनी प्रबन्धअनुसार निर्णय लिनुपर्ने जिम्मेवारीमा छन् मुख्य न्यायाधीश फ्रान्क काप्रियो । जसले निर्णय लिन अभियुक्तकै छोरीको सहायता लिए ।

लामो कुराकानीपछि काप्रियोले अभियुक्तकी छोरी जेनिसलाई चार बुँदा देखाउँदै एक छान्न भने । छोरीले छानेको बुँदा नै आमाका लागि सजाय हुने भनियो । मुख्य न्यायाधीशले तीन सय, एक सय, ५० डलर जरिवाना वा जरिवाना नै नगर्ने निर्णय लिन जेनिसलाई आग्रह गरे ।

जेनिसले आमालाई ५० डलर जरिवाना तिराउन सुझाव दिइन । र, मुख्य न्यायाधीशले ५० डलर बराबरको छोरीलाई खाजा खुवाउन आदेश दिँदै आमालाई जरिवाना मुक्त गरिदिए । मुख्य न्यायाधीशको सहज निर्णयले इजलासमा हाँसो फैलिन्छ ।

काप्रियोले यसरी मुद्दा छिनेको यो पहिलो होइन । वर्षौदेखि यही शैलीमा मुद्दा टुंग्याउँदै आएका काप्रियो अमेरिकाका सबैभन्दा लोकप्रिय न्यायाधीश हुन् ।

LIVE TV