२२ मंसिर २०७५, शनिबार

काठमाडौं । बजारबाट राम्रै तेल खरिद गरेर भान्सामा ल्याइन्छ । तर, भान्सामा सही तरिकाले नराख्दा र प्रयोग गलत हुँदा तेल अस्वस्थकर बन्छ । यसरी अस्वस्थकर बनेको तेल खाएको धेरैलाई पत्तो नहुन पनि सक्छ । यस्ताे तेलकाे सेवन गर्दा  राेग  पैदा हुन्छ ।

तेलको गलत प्रयोगले हाम्रो स्वास्थ्यमा ठूलो हानि पु¥याउँछ । बजारबाट ल्याएको स्वस्थ तेल सेवन गर्दासम्म यसरी अस्वस्थकर बन्न जान्छ । खुला मुख भएको भाँडोमा राख्दा भान्सामै तेल अस्वस्थकर हुन सक्छ । खाने तेल जहिले पनि साँघुरो मुख भएको भाँडोमा राख्नुपर्छ । खुला मुख भएको भाँडोमा राख्दा अक्सिजन धेरै छिर्न पाउँछ । तेलमा अक्सिजन मिसिनु भनेको पानीको मात्रा पर्नु हो । यो अवस्थामा तेल चाँडै बिग्रिन्छ ।

तेल फ्याटी एसिड भएकाले अक्सिजन र पानीको रियाक्सन हुँदा फ्री फ्याटी एसिड बन्छ । साना (याडिकलहरू तयार हुन्छन् र रियाक्टिभ भएर स्वास्थ्यमा असर गर्छ । लामो समयसम्म एउटै भाँडोमा राख्दा पनि तेल बिग्रिन्छ । तेल राख्ने भाँडो बदल्ने तथा वेला–वेला सफा गर्नुपर्छ ।

एकपटक प्रयोग गरिसकेको तेल तत्काल अर्को परिकारमा प्रयोग गर्न सकिन्छ । तर, उही तेललाई पटक–पटक तताउँदै र सेलाउँदै प्रयोग गर्दा हानिकारक हुन्छ । यस्तो तेल अर्को ताजा तेलमा मिसाउनु पनि हानिकारक हुन्छ ।

कुनै परिकार पकाएर बाँकी रहन्छ । उक्त तेलमा फेरी अरु खानेकुरा पकाउँदा फ्रि रेडिकल्स पैदा हुन्छ । जसले जलन हुने, सुन्निने समस्या निम्त्याउँछ । यसले कतिपय अवस्थामा क्यान्सरलाई पैदा गर्न सक्छ ।

तेलको प्रयोग पटक पटक गर्दा अथरोस्कालरोसिस हुनसक्छ, जसले शरीरमा खराब कोलेस्टोर बढाइदिन्छ । धमनीमा अवरोध पुर्‍याउँछ । कुनैपनि तेल पटक पटक प्रयोग गरिरहँदा एसिडिटी, मुटुको रोग, पार्किसन्स, घाँटी सुन्निने जस्ता अनेकन समस्या पनि हुनसक्छ ।

LIVE TV