२२ मंसिर २०७५, शनिबार

काठमाडौं, २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । चार शीर्ष नेताहरुले समयमै सचिवालय बैठक सुरु हुन नसकेको भन्दै बाहिरिएपनि अन्य सदस्यहरु भने सहभागी भएका छन् ।

बालुवाटारमा बसिररहेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा लगाएत छन् ।

शनिबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक २० मिनेट ढिला भएपछि सचिवालयका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल र बामदेव गौतम बाहिरिएका हुन् ।

बालुटार स्रोतका अनुसार पाँच जनाको बैठक बसिरहेको छ ।

LIVE TV