२२ मंसिर २०७५, शनिबार

बुटवल, २२ मंसिर । गुल्मीको सत्यवती गाउँपालिकामा एक जना ब्यक्तिको दादागिरी सामु स्थानीय सरकार र त्यहाँको प्रहरी निरिह बनेको छ । गत कात्तिक २९ गते सत्यवती गाउँपलिका वडा नम्वर १, रुद्रवेणीका राजकुमार श्रेष्ठको केराबारीमा बिष्णु श्रेष्ठले खुकुरीको प्रयोग गरी डेढ लाख मुल्य बराबरको पाक्नै लागेको ३२ वटा केराको बोटलाई फँडानी गरेका थिए ।

तर अझैँपनि बिष्णु श्रेष्ठका सामू स्थानीय सरकार र त्यहाँका इलाका प्रहरी कार्यालय निरिह जस्तै बनेको हो । लामो समयदेखि ब्यवसायिक केरा खेती गर्दै आएका राजकुमार श्रेष्ठको गत कात्तिक २९ गते खुकुरी नचाउँदै उनको केराबारीमा गइ छिमेकी वडा सदस्यहरु कै सामू छपाछप केरा छप्काएका थिए । यसरी पाक्दै गरेका सबै केराको बोटहरु छप्काउँदा पनि सत्यवती गाउँपालिकाका जनप्रतिनिधिहरु श्रेष्ठविरुद्ध कार्वाही गर्ने चासोसमेत देखाउन सकेका छैनन् ।

यता केरा छप्काउने पीडक श्रेष्ठले भने राजकुमार श्रेष्ठले लगाएको केराको ओसेप आफ्नो घरमा परेको र सर्पले मानविय क्षती हुने डरले पटक पटक केरा ढाल्नुस भन्दा पनि नमानेकाले आफैले ढाल्न बाध्य भएको प्रतिकृया दिएका छन । तपाईको घरलाई असर परेको भए त्यहाँका स्थानीय सरकार वा प्रहरीमा उजुरी दिनु पथ्र्यो नि ? त्यसरी दादागिरी देखाउन पाइन्छ ? भन्ने प्रश्नमा उनले भने–‘त्यो भने मैले गल्ती गरेछु, पहिले निवेदन दिनुपर्ने रहेछ । क्षतीपूर्ती मागेका छन् । गल्ती स्वीकार गर्छुृ तर क्षतीपूर्ती भने दिन्न ।’

पीडित राजकुमार श्रेष्ठ र उनका छोरा विजेन्द्र श्रेष्ठले विष्णु श्रेष्ठको दादागिरी देखेर आफूहरु मात्र नभएर आफ्ना छिमेकीहरु समेत आतंकित बनेका गुनासो गरेका छन् । विजेन्द्र श्रेष्ठ भन्छन– ‘वडा कार्यालयमा गयौं, जोहाङ्ग खैरेनीको प्रहरी चौकीमा गयौं तर न्याय पाउन सकेनौं, कानुनी राज्य नै नभएको महसुस गरेका छौं ।’

उनले श्रेष्ठका सामू स्थानीय सरकार निरही बनेको गुनासो गरेका छन् । त्यस वडाका वडाध्यक्ष भिमलाल पाण्डेले केरा फँडानी गर्ने श्रेष्ठले कानुनी राज्यको उपहास गर्दै अर्काको केरा फाँड्नु र क्षर्तीपूर्ती दिन नमानेकाले वडा कार्यालयबाट गाउँपालिकाको न्यायिक समितिमा उजुरी पठाएको बताए ।

उनले भने– ‘हामीले क्षतीपूर्ती दिनु पर्छ भनेर भनेकै हौं । तर केरा फाँड्ने श्रेष्ठले मान्दै मान्दैनन् । अहिलेको कानुनले जेल हाल्न पनि नमिल्ने । त्यसैले न्यायिक समितिमा पठाएका छौं ।’ यस सम्वन्धमा त्यस गाउँपालिका उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सुवर्ण शाहीलाई ध्यानाकर्षण गराउँदा एक पटक छलफल गराएपनि केरा फाँड्ने श्रेष्ठले क्षतीर्पूर्ती दिन नमानेपछि अर्को पटकका लागि छलफल सारिएको बताईन् ।

  • प्रेम सुनार,

LIVE TV